,
स्वास्थ्य तथा सरसफाई शाखा
आर्थिक सहायता
१) आर्थिक सहायता माग्नुको कारण सहितको निवेदन ।
२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) आर्थिक सहायता माग्नुको कारण पुष्टि गर्ने आधारसहितको कागजात ।
५) खाता रहेको बैंक चेकको प्रतिलिपी ।
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा जायज ठहरिएमा आर्थिक सहायता गरिनेछ ।
विपन्न नागरिक औषधी,उपचार सिफारिस (मुटुरोग,मृगौला रोग,क्यान्सर,पार्किसन्स,अल्जाइमर,स्पाइनल इन्जुरी, हेडइन्जुरी, सिकलसेल एनिमिया)
(१) बिरामीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
(२) नाबालिकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
(३) चिकित्सकले रोग निदान गरेको पुर्जा ।
(४) विपन्न नागरिक औषधी उपचार कार्यक्रम सन्चालन निर्देशिकाको अनुसूचि ३ बमोजिम सम्बन्धित वडामा दिएको निबेदनमा सिफारिसको ब्यहोरामा बिपन्न नागरिक उल्लेख गरी वडा कार्यालय बाट सिफारिस भएको निवेदन ।
(५) पासपोर्ट साइजको १ (एक) प्रति बिरामीको फोटो ।
उल्लेखित कागजातहरू संलग्न राखि पेश गरेमा आवश्यक जाँचबुझ गरी सिफारिस गरिनेछ ।
प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा सिफारिस (क्यान्सर,मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न)
(१) बिरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
(२) नाबालिकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
(३) चिकित्सकले रोग निदान गरेको पुर्जा ।
(४) विपन्न नागरिक औषधी,उपचार बापत सुबिधा प्राप्त रकम सहित उल्लेख भएको उपचार गर्ने अस्पतालको पत्र ।
(५) बिरामी लुम्बिनी प्रदेशको स्थानिय बासिन्दा भएको प्रमाण खुल्ने कागजात ।
(६) प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिकाको अनुसूची १ बमोजिम सम्बन्धित वडामा दिएको निबेदनमा बिरामी स्थानिय बासिन्दा भएको उल्लेख गरी वडा कार्यालय बाट सिफारिस भएको निवेदन ।
उल्लेखित कागजातहरू संलग्न राखि पेश गरेमा आवश्यक जाँचबुझ गरी सिफारिस गरिनेछ ।
मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका बिरामीलाइ औषधी उपचार बापत खर्च उपलब्ध
(१) बिरामीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
(२) मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका बिरामीलाइ औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ को अनुसूचि १ अनुसार रोग निदान गर्ने चिकित्सकको सिफारिस
(३) मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका बिरामीलार्इ औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ को अनुसूचि २ को ढाँचामा वडा कार्यालयमा पेश गरेको निवेदन
(४) मेरूदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धि प्राप्त गरेको रातो वा निलो कार्डको प्रतिलिपी ।
(५) बैंक खाता सहितको चेकको प्रतिलिपी ।
(६) गरिवीको परिचयपत्र भए सोको प्रतिलिपी वा वडा मा गठन भएको बिपन्न सिफारिस समितिले पहिचान गरी बिपन्न भएको ब्यहोरा उल्लेखित निर्णयको प्रतिलिपी।
(७) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
उल्लेखित कागजात सहित सम्बन्धित वडाबाट सिफारिस भई आएमा त्रैमासिक रूपमा बिरामीको सम्बन्धित बैंक खाता मार्फत औषधी उपचार बापत खर्च उपलब्ध गराइने छ ।
औषधी विवतरण
१) स्वास्थ्य जाँच गरी स्वास्थ्यकर्मीद्वारा उपलब्ध गराइएको रिपोर्ट।
१) रिपोर्टसहितको निवेदन पेश गर्ने।
२) दर्ता गर्ने।
३) स्वास्थ्यकर्मीद्वारा औषधि उपलब्ध गराउने।
४) औषधि वितरण गरेको रेकर्ड अद्यावधिक गर्ने।
क्लिनिक, पोलिक्लिनिक र २५ शय्यासम्मको अस्पताल दर्ता तथा नवीकरण
१) स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन–२०७५ मा व्यवस्था भएबमोजिमको जनशक्तिको सम्पूर्ण योग्यता खुल्ने कागजातहरू
२) आफ्नै घरमा सञ्चालन गर्ने भए निर्माण सम्पन्न र चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद
३) बहालमा सञ्चालन गर्ने भए घर बहाल सम्झौता चालु आ.व. सम्मको र बहाल कर तिरेको रसिद
४) सञ्चालन गर्न आवश्यक मेडिकल औजारहरू, मेसिन, उपकरण (Equipment), बेड आदि को विवरण खुल्ने कागजात
५) सेवा शुल्क खुल्ने कागजातहरू
६) तोकिएको दस्तुर तिरेको रसिद
१) आवश्यक कागजातसहितको निवेदन
२) दर्ता गर्ने
३) तोक लगाउने
४) सम्बन्धित शाखाद्वारा निरीक्षण गरी प्रतिवेदन पेश गर्ने
५) दर्ता गर्ने र प्रमाणपत्र उपलब्ध गराउने
६) नवीकरणको हकमा तोकिएको दस्तुर तिरेको रसिद हेरी नवीकरण गर्ने
