अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
पूर्वाधार विकास तथा भवन नियमन शाखा
उपभोक्ता समिति दर्ता
सोहि दिन
आवश्यक कागजात :

१) आम भेलाको प्रतिलिपी

२) सम्बन्धित वडा कार्यालयको सिफारिस

३) उपभोक्ता समितिमा बसोका

४) पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

५) उपभोक्ता समिति दर्ताको लागि निवेदन

६) विनियोजित बजेट देखिने बजेट पुस्तिकाको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए दर्ता गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना शाखा
स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्ने
प्राथमिकताको आधारमा बढीमा ७ दिनभित्र।
आवश्यक कागजात :

१) समितिको प्राविधिक सहयोग माग तथा लागत अनुमानका लागि आधिकारिक निर्णयसहितको पत्र।

२) स्वीकृत योजनाहरूको विवरण (योजनाको नाम, कार्यान्वयन हुने स्थान, स्रोत तथा विनियोजित बजेट)।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।
२) तोक लगाउने।
३) इन्जिनियरले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
योजना सम्झौता गर्ने
सोहि दिन
आवश्यक कागजात :

१) वार्षिक नगर विकास पुस्तकमा प्रकाशित योजनाको विवरण खुल्ने कागजात।
२) उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि।
३) नियमानुसार उपभोक्ता समिति गठन भएको कागजात।
४) सम्बन्धित वडाको सिफारिस।
५) स्वीकृत योजनाको लागत अनुमान।
६) निर्माण/सुधार गरिने स्थान स्पष्ट देखिने गरी खिचिएको फोटो।
७) समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
८) समितिका पदाधिकारीहरूले अभिमुखीकरण प्राप्त गरेको निस्सा (प्रमाणपत्र)।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।

२) तोक लगाउने।

३) सम्पूर्ण व्यहोरा खुल्ने गरी प्रमुख प्रशासकीय अधिकृतबाट टिप्पणी सदर गराउने।

४) सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
योजनाको अन्तिम मूल्याङ्कन
सोहि दिन
आवश्यक कागजात :

१) समितिको तर्फबाट प्राविधिकको अन्तिम मूल्याङ्कनका लागि सहयोग माग गरिएको निवेदन।
२) प्राविधिकको अन्तिम मूल्याङ्कन प्रतिवेदन।
३) कार्य सम्पन्न प्रतिवेदन।
४) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन।
५) रु. ५ लाखभन्दा माथिका योजनाका लागि सामाजिक परीक्षण प्रतिवेदन।
६) नगरस्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन।
७) गरिएको कार्य झल्किने तस्बिरहरू।
८) योजनास्थलमा राखिएको होर्डिङ बोर्डको तस्बिर।

प्रक्रिया :

१) निवेदनसहित तोकिएका कागजातहरू पेश गर्ने।
२) प्रमुख प्रशासकीय अधिकृतबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने।
३) निवेदन दर्ता गर्ने।
४) प्राविधिकको कार्यसम्पन्न प्रतिवेदनका आधारमा भुक्तानी प्रदान गर्ने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : सरोकारवाला
योजनाको जाँचपास तथा फरफारक
सोहि दिन
आवश्यक कागजात :

१) कार्य सम्पन्न प्रतिवेदन।
२) नापी किताब तथा खर्चको बिल–भरपाई।
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि गरिएको निर्णयको प्रतिलिपि।
४) योजनाको फोटो तथा प्रतिवेदन।
५) वडा कार्यालयको सिफारिस।
६) आयोजनामा लागेको खर्च सार्वजनिक सूचना गरेको प्रमाण।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।
२) तोक लगाउने।
३) सम्बन्धित कर्मचारीले योजनाको जाँचपास तथा फरफारक गरिदिने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
नक्सा दर्ता एवम् अस्थायी (प्लिन्थ लेभल) स्वीकृति
दर्ताः कागजात पुगेको भए सोही दिन अस्थायी स्वीकृतिः ३० दिन भित्र
आवश्यक कागजात :

१)नक्सा दरखास्त फाराम

२)जग्गाधनी दर्ता प्रमाण पुर्जाको फोटोकपी

३) नागरिकता/राष्ट्रिय परिचयपत्रको फोटोकपी

४) कित्ता नम्बर प्रष्ट खुलेको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल

५) नक्सा २ प्रति (२०४३० वा A1 साइजमा, साइट प्लान, फ्लोर प्लान, सेक्सन, इलिभेसन, डिजाइन कर्ता र घरधनीको दस्तखत भएको)

६) नगरपालिकामा चालु आ.व. सम्म बुझाउनुपर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी

७) मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृति पत्रको फोटोकपी

८) वारेश राखी नक्सा पास गर्ने भए वारेशनामा र वारेशको नागरिकता/राष्ट्रिय परिचयपत्रको फोटोकपी

५)भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमा सम्बन्धित वडा कार्यालयबाट बाटोको चौडाइ खुलेको सिफारिस

१०) डिजाइनरको NEC दर्ता प्रमाणपत्र र नगरपालिकामा सूचीकृत भएको प्रमाणपत्रको फोटोकपी

११)दस्त्र बुझाएको भौचर

प्रक्रिया :


लाग्ने दस्तुर : आर्थिक ऐनमा भएको व्यवस्था बमोजिम
जिम्मेवारी : भवन तथा बस्ती विकास शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
प्रमुख
logo
किशोर भट्ट
इन्जिनियर
पुरा हेर्नुहोस्


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain