अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
प्रशासन शाखा
सरकारी तथा अन्य निकायबाट सञ्चालित योजनाको सिफारिस्
पेश गरेको ३ दिनभित्र
आवश्यक कागजात :

१) सम्बन्धित उपभोक्ता समिति वा संस्थाको निवेदन ।

२) बजेट तथा कार्यक्रम देखिने प्रमाणको प्रतिलिपी

३) अनुदान दिने निकाय र उपभोक्ता वा संस्था बीचको सम्झौता ।

४) कार्यक्रम सम्पन्न भएको देखिने फोटोहरू ।

५) कार्यक्रम सञ्चालन भएको सम्बन्धित वडाको सिफारिस ।

६) उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपी र संस्था भए संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपी ।

७) खर्च सार्वजनिक गरेको विवरणको प्रतिलिपी ।

८) संस्थाको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजात पेश भएपछि आवश्यक जाँचबुझ गरी कार्यसम्पन्न भएपछि सिफारिस गरिनेछ

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : योजना शाखा
गैर सरकारी संस्था नवीकरण
निवेदन पेश भएकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र ।
आवश्यक कागजात :

१) रितपूर्वकको निवेदन ।

२) लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।

३) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

४) संस्थाको प्रगति प्रतिवेदन ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा नवीकरण गरिनेछ ।

लाग्ने दस्तुर : गैर सरकारी संस्था रू. २०००/- अन्तर्राष्ट्रिय गैर सरकारी संस्था रू. ५०००/-
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : उद्योग तथा वाणिज्य शाखा
गैर सरकारी संस्था कार्यक्रम सञ्चालन पूर्व स्वीकृति
निवेदन पेश भएकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र ।
आवश्यक कागजात :

१) संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

२) संस्थाको विधानको प्रतिलिपी ।

३) सम्बन्धित वडाको सिफारिस पत्र ।

४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपी ।

६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी ।

७) वार्षिक आर्थिक प्रतिवेदन।

८) कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।

९) कार्यक्रमको विस्तृत विवरण ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका कार्यक्रम सञचालन अनुमति प्रदान गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : उद्योग तथा वाणिज्य शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
गैर सरकारी संस्था दर्ता
निवेदन पेश भएकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र ।
आवश्यक कागजात :

१) संस्था दर्ताको लागि निवेदन ।

२) संस्थाको विधानको प्रतिलिपी ।

३) सम्बन्धित वडाको सिफारिस पत्र ।

४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपी 6) संस्थाको छाप ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा दर्ता गरिनेछ ।

लाग्ने दस्तुर : गैर सरकारी संस्था रू. २०००/- अन्तर्राष्ट्रिय गैर सरकारी संस्था रू. ५०००/-
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : उद्योग तथा वाणिज्य शाखा
"घ"वर्गको निर्माण व्यवसायी इजाजतपत्र
३० दिन भित्र
आवश्यक कागजात :

-तोकीए बमोजिमको ढाचामा निवेदन (अनुसूची १ बमोजिम )

-"घ " वर्गको निर्माण ब्यबसायीको लागि आवस्यक योग्यता (अनुसूची-५ बमोजिम )पुरा भएको हुनु पर्ने,

-क.आर्थिक क्षमता :प्राइभेट वा पब्लिक लिमिटेड कम्पनि वा साझेदारी फर्मको रुपमा घटीमा ५ लाख रुपैयाको चालु पुजी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ।

-ख.मूख्य जनसक्ति बिबरण :मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इनजिनियरिङ्ग विषयमा कम्तिमा प्रमाणपत्र तह उतिर्ण एक  जना प्राविधिक, कुनै पनि बिषयमा प्रमाणपत्र तह उतिर्ण एक जना प्रशासनिक र बाणिज्य शास्त्र /अर्थसास्त्रमा प्रमाणपत्र तह उतिर्ण एक जना जनसक्तिको सेवा पुरा समय प्राप्त हुने व्यवस्था  हुनु पर्ने छ ।

-ग.मेसिन र उपकरण 

(१ )ट्रीपर /ट्रयाक्टर (एक /एक थान )

(२ )मिक्सर (एक थान )

(३)Thedolite/Level Machaine(एक सेट)

(४)वाटर पम्प (तिन थान )

(५)भाइब्रेटर (तिन थान )

-जाचबुझ समितिको निर्णय तथा कार्यपालिकाको बैठकको निर्णय।   

प्रक्रिया :

-

लाग्ने दस्तुर : रु.८०० ।-
जिम्मेवारी : प्रसाशन योजना तथा अनुगमन शाखा /शाखा प्रमुख
गुनासो सुन्ने पदाधिकारी : तोकीएको गुनासो सुन्ने अधिकारी /प्रमुख प्रशासकीय अधिकृत
"घ " वर्गको निर्माण ब्यबसायी इजाजतपत्र नबिकरण
सोहि दिन वा बढीमा ३ दिन भित्र
आवश्यक कागजात :

-तोकिए बमोजिमको ढाचामा निवेदन (अनुसूची-६ बमोजिम ),

-घरेलु तथा साना उद्योग कार्यालयको सिफारिस,

-इजाजतपत्रको  प्रमाणपत्र,

-आन्तरिक राजश्व कार्यालयको सिफारिस ,कर तिरेको रसिद,

-कार्यविधिको अनुसूची -२ बमोजिमको चालु आ. व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण,

-कार्यविधि अनुसूची -४  बमोजिमको पासबुक भरी पेस गर्नुपर्ने,

-अन्य भए खुलाउने । 

प्रक्रिया :

-

लाग्ने दस्तुर : आर्थिक वर्ष भुक्तान भएको मितिले अस्बिन मसान्त सम्म रु.४००। -चैत मसान्त सम्म दोब्बर दस्तुर
जिम्मेवारी : प्रशासन प्रमुख /शाखा प्रमुख
गुनासो सुन्ने पदाधिकारी : तोकीएको गुनासो सुन्ने अधिकारी /प्रमुख प्रशासकीय अधिकृत
संघसंस्था दर्ता तथा र नवीकरण सिफारिस
१ घण्टा
आवश्यक कागजात :

१) निवेदन

२) संस्थाको विधान

३) संस्थामा संगलग्न कार्यकारी पदानधकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४) संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निणयर्को प्रतिलिपि

५) कार्यालय भाडामा बस्ने भए घर धनीसंग भएको सम्झौता 

प्रक्रिया :

१) निवेदि दताय गर्ने

२) तोक लगाउने

३) विधानको अध्ययन गर्ने

४) आवश्यक प्रमाण पुगेमा दर्ता गर्ने / नवीकरण गरी प्रमाणपत्र उपलब्ध गराउने

लाग्ने दस्तुर : रु. ६५०/-
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत , शाखा अधिकृत, ना.सु/ सामाजिक विकास शाखा
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
सहकारी संस्था दर्ता र नवीकरण
विनिमय संशोधन गर्नु नपर्नेमा ३ दिन भित्र, संशोधन गर्नुपर्ने भएमा निवेदन दिएको ३० दिन भित्र
आवश्यक कागजात :

१) न.पा.को सहकारी ऐन-२०७५ को अनुसूची १ को ढााँचामा निवेदन।

२) सहकारी संस्थाको प्रस्तानवत विनिमय

३) सहकारी संस्था संचालिको सम्भाव्य अध्ययन प्रतिवेदन

४) २ प्रति विनिमय

५) सदस्यले लिन स्वीकार गरेको शेयर संस्था र शेयर रकमको विवरण 

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) विनिमय संसोधन गर्नु पर्ने देखिएमा १५ दिन  भित्र सच्याउने गरी निवेदकलाई जानकारी गराउने

४) दर्ता गर्न मिल्नेलाई दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।  

लाग्ने दस्तुर : गैरवित्तीय रू. १०००/- र वित्तीय रू. १००००/-
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत , शाखा अधिकृत, ना.सु/ सामाजिक विकास शाखा
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
प्राकृतिक प्रकोप सहायता
सोही दिन, सर्कोजमिनको हकमा बढीमा ३ दिनभत्र
आवश्यक कागजात :

१) निवेदन

२) प्रहरी सर्जमिन मुचुल्का

३) सम्बन्धित वडाको सिफारिस

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) तोनकएको सहायता उपलब्ध गराउने

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत / आर्थिक प्रशासन शाखा प्रमुख
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
न्यायिक समितिमा उजुरी
घटनाको प्रकृतिको आधारमा समय लाग्ने
आवश्यक कागजात :

१) निवेदन

२) घटिाको व्र्होरा

३) पिडितको  परिचय खुल्ने निस्सा

४) पिडकको परिचय र बसोबासको ठेगाना

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित फााँटका कमयचारीले सम्बन्धित उजुरीलाई न्यायिक समितिमा पेश गर्ने 

४) न्यायिक समितिले न्यायिक सम्पादन प्रक्रिया पुरा गरी मिलापत्र तथा आवश्यक निर्णय गर्ने। 

लाग्ने दस्तुर : १०० ।-
जिम्मेवारी : नगर प्रमुख
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
बैंक खाता खोल्ने / बन्द गर्ने सिफारिस
१ घण्टा भित्र
आवश्यक कागजात :

१) खाता सञ्चालन/बन्दका लागि खाता सञ्चालन गर्ने पदाधिकारीहरूको नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिस

प्रक्रिया :

१. निवेदन दर्ता गर्ने।
२. तोक आदेश लगाउने।
३. सम्बन्धित कर्मचारीले सिफारिस पत्र तयार गरी उपलब्ध गराउने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
योजना सम्झौता गर्ने
सोहि दिन
आवश्यक कागजात :

१) वार्षिक नगर विकास पुस्तकमा प्रकाशित योजनाको विवरण खुल्ने कागजात।
२) उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि।
३) नियमानुसार उपभोक्ता समिति गठन भएको कागजात।
४) सम्बन्धित वडाको सिफारिस।
५) स्वीकृत योजनाको लागत अनुमान।
६) निर्माण/सुधार गरिने स्थान स्पष्ट देखिने गरी खिचिएको फोटो।
७) समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
८) समितिका पदाधिकारीहरूले अभिमुखीकरण प्राप्त गरेको निस्सा (प्रमाणपत्र)।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।

२) तोक लगाउने।

३) सम्पूर्ण व्यहोरा खुल्ने गरी प्रमुख प्रशासकीय अधिकृतबाट टिप्पणी सदर गराउने।

४) सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
योजनाको जाँचपास तथा फरफारक
सोहि दिन
आवश्यक कागजात :

१) कार्य सम्पन्न प्रतिवेदन।
२) नापी किताब तथा खर्चको बिल–भरपाई।
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि गरिएको निर्णयको प्रतिलिपि।
४) योजनाको फोटो तथा प्रतिवेदन।
५) वडा कार्यालयको सिफारिस।
६) आयोजनामा लागेको खर्च सार्वजनिक सूचना गरेको प्रमाण।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।
२) तोक लगाउने।
३) सम्बन्धित कर्मचारीले योजनाको जाँचपास तथा फरफारक गरिदिने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
विद्यालय खोल्ने तथा कक्षा थप
प्रकिया पुगेको भोलिपल्ट
आवश्यक कागजात :

१) स्थानीय शिक्षा ऐन, २०७४ बमोजिमको निवेदन।

२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि।

३) जग्गा वा भवन भाडामा लिने भएमा कम्तीमा ५ वर्षसम्मका लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपि।

४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा।

५) सम्बन्धित वडाको सिफारिस।

६) सबैभन्दा नजिकका कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति।

७) विद्यालय व्यवस्थापन समितिको निर्णय।

८) शिक्षा ऐन, नियमावली तथा अन्य प्रचलित कानुनअनुसार आवश्यक कागजातहरू।

प्रक्रिया :

१) निवेदन दर्ता 

२) तोक लगाउने 

३) आवश्यक जाँचबुझ र अध्ययनपछि प्रभावकारिता देखिएमा अनुमति दिने।

लाग्ने दस्तुर : धरौटी रकमः १००००० देखि ३००००० सम्म र दर्ता रकमः १०००० देखि २०००० सम्म
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
व्यक्तिगत घटना दर्ताको विवरण संशोधन
कम्तीमा ३ दिन
आवश्यक कागजात :

१) सरोकारवालाको निवेदन।

२) घटना दर्ताको साविक प्रमाणको सक्कल प्रतिलिपि।

३) सच्याउनुपर्ने प्रमाण कागजातहरू।

४) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर लगायत अन्य कर तिरेको रसिद।

५) वडाको सिफारिस।

६) नियोगको सिफारिस।

७) आवश्यक परेमा एस.एल.सी. वा सो सरहको शैक्षिक प्रमाणपत्र।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।

२) तोक लगाउने।

३) घटना दर्ता भएको ६ महिनाभित्र आएमा वडा सचिव (स्थानीय पञ्जिकाधिकारी) ले सच्याउन सक्ने।

४) दर्ता भएको ६ महिना नाघेपछि आएमा प्रमुख प्रशासकीय अधिकृतको आदेशमा स्थानीय पञ्जिकाधिकारीले सच्याउन सक्ने।

५) आवश्यक परे शुल्क बुझाउनुपर्ने।

६) स्थानीय पञ्जिकाधिकारीले संशोधित प्रमाणपत्र उपलब्ध गराउने।

लाग्ने दस्तुर : रु. ५००/-
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
घर नक्सा पास
प्रकिया सम्पन्न भएको दिन
आवश्यक कागजात :

१) नक्सा कितावका लागि निवेदन भरिएको।

२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि।

३) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि।

४) कित्ता खुलेको नापीको प्रमाणित नक्सा।

५) तोकिएको ढाँचा र मापदण्डअनुसार तयार गरिएको नक्सा (३ प्रति)।

६) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि।

७) नक्सा फाराममा उल्लिखित अन्य विवरणहरू।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।

२) तोक लगाउने।

३) कागजपत्र चेकजाँच गर्ने।

४) अमिनले स्थलगत तथा ब्लुप्रिन्ट अध्ययन गरी प्रतिवेदन बनाउने।

५) इन्जिनियरले स्थलगत निरीक्षण गरी प्रतिवेदन बनाउने।

६) सन्धियारको नाममा १५ दिने सूचना टाँस गर्ने।

७) सम्बन्धित वडाले सन्धियारहरूको सर्जमिन मुचुल्का तयार गर्ने।

८) प्रथम चरणको अनुमति प्रदान गर्ने।

९) क्रमशः अन्य अनुमतिहरू प्रदान गर्दै जाने।

लाग्ने दस्तुर : प्रति वर्गफिट रु. ७.५० देखि रु. १०.५० सम्म
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
साविक घर भत्काई नयाँ घर बनाउने
नक्सा पास गर्दा लाग्ने समय
आवश्यक कागजात :

१) साविक घरको चारै मोहडाको फोटो तथा घर भत्काउन प्राप्त गरेको स्वीकृति पत्रको फोटोकपी।

२) नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरू पेश गर्नुपर्नेछ।

प्रक्रिया :

नयाँ घरको नक्सा पास जस्तै 

लाग्ने दस्तुर : नक्सापास दस्तुर सरह
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
तल्ला थप
नक्सा पास गर्दा लाग्ने समय
आवश्यक कागजात :

१) पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
२) अन्य कागजातहरूको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरू
३) नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत) देखिने गरी पेश गर्नु पर्नेछ।

प्रक्रिया :

नयाँ घरको नक्सा पास जस्तै

लाग्ने दस्तुर : नक्सा पास दस्तुर सरह
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
नक्सा नामसारी
सोही दिन
आवश्यक कागजात :

१) निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने)।

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

३) रजिष्ट्रेशन पारित भएको लिखतको फोटोकपी।

४) साविक नक्सा पास प्रमाणपत्रको प्रतिलिपि।

५) एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि।

६) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।

२) तोक लगाउने।

३) अमिन र इन्जिनियरबाट चेकजाँच गर्ने।

४) नामसारी गरी प्रमाणपत्र उपलब्ध गराउने।

लाग्ने दस्तुर : निवेदन फाराम रु.१५०० र वर्ग फिटको आधारमा रु.४००० देखि ६५०० सम्म
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
नक्सा नियमित
नक्सा पास गर्दा लाग्ने समय
आवश्यक कागजात :

१) निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने)
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) साबिक नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
४) एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
५) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
६) घर सम्पन्न भएको भए घरको फोटो ।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।
२) तोक लगाउने।
३) अमिन र इन्जिनियरबाट चेकजाँच गर्ने।
४) नक्सा नियमित गरी प्रमाण उपलब्ध गराउने।

लाग्ने दस्तुर : नक्सापास सरह दस्तुरको दोब्बर
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
स्थायी निर्माण प्रमाणपत्र (सुपरस्ट्रक्चर निर्माण)
निवेदन पेश भएको भोलिपल्ट
आवश्यक कागजात :

१) निवेदन।

२) प्लिन्थ लेभल निर्माण सम्पन्न गरेको खुल्ने कागजात।

३) नक्सा इजाजत पत्रको सक्कल।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने 

२) तोक लगाउने 

३) अमिन र इन्जिनियरबाट चेकजाँच

४) निर्माण अनुमति प्रदान गर्ने 

लाग्ने दस्तुर : तोकेबमोजिम
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
निर्माण सम्पन्न प्रमाणपत्र।
घर निर्माण सम्पन्न भएपछि।
आवश्यक कागजात :

१) निवेदन
२) नक्सा इजाजत पत्रको सक्कल
३) पास भएको भवन नक्साको सक्कल
४) चालु आ.व.को एकीकृत सम्पत्ति कर चुक्ता गरेको रसिद।

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।
२) तोक लगाउने।
३) इन्जिनियरबाट गरिएको निरीक्षण प्रतिवेदन।
४) निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने।

लाग्ने दस्तुर : रु. २५००/-
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
नक्सा बिरुद्ध उजुरी
सोही दिन दर्ता गर्न सकिने
आवश्यक कागजात :

१) फिरादपत्र।

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

३) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि।

४) प्रमाणित नापी नक्सा।

५) चालु आ.व. को एकीकृत सम्पत्ति कर तिरेको रसिद।

प्रक्रिया :

१) विवरण खुलाइएको कागजातसहितको निवेदन दर्ता गर्ने।

२) तोक लगाउने।

३) नियमानुसार कर्मचारीलाई खटाई उजुरी फर्छ्यौट गर्ने।

लाग्ने दस्तुर : नलाग्ने
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
नक्सा अभिलेखीकरण।
सोहि दिन दर्ता गर्न सकिने
आवश्यक कागजात :

१) निवेदन
२) नक्सा इजाजत पत्रको सक्कल

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने।
२) तोक लगाउने।
३) इन्जिनियरबाट गरिएको निरीक्षण प्रतिवेदन।
४) अभिलेख राख्ने र प्रमाण प्रदान गर्ने।

लाग्ने दस्तुर : तोकिए बमोजिम ।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
घ वर्गको निर्माण व्यवसायी दर्ता / नवीकरण
प्रमाण पुगेको भोलिपल्ट
आवश्यक कागजात :

१) निर्माण व्यवसायीको निवेदन
२) उद्योग विभागमा दर्ता भएको प्रमाण
३) अनुसूची ५ बमोजिमको जनशक्ति विवरण तथा मेसिनरी उपकरणको विवरण
४) उपकरणहरूको स्वामित्व तथा बीमा सम्बन्धी कागजात
५) करचुक्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर सम्बन्धी कागजात
६) नगर कार्यपालिकाको निर्णय

प्रक्रिया :

१) निवेदन दर्ता गर्ने
२) तोक लगाउने
३) आवश्यक शुल्क बुझाउने
४) निर्माण व्यवसाय दर्ता/नवीकरण गरी प्रमाण उपलब्ध गराउने

लाग्ने दस्तुर : दर्ता : ३००००/-र नबिकरण : ६०००/-
जिम्मेवारी : सरोकार
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
औषधी विवतरण
सोहि दिन
आवश्यक कागजात :

१) स्वास्थ्य जाँच गरी स्वास्थ्यकर्मीद्वारा उपलब्ध गराइएको रिपोर्ट।

प्रक्रिया :

१) रिपोर्टसहितको निवेदन पेश गर्ने।
२) दर्ता गर्ने।
३) स्वास्थ्यकर्मीद्वारा औषधि उपलब्ध गराउने।
४) औषधि वितरण गरेको रेकर्ड अद्यावधिक गर्ने।

लाग्ने दस्तुर : विभिन्न ७० प्रकारका औषधि निःशुल्क पाइने।
जिम्मेवारी : सरोकारवाला
गुनासो सुन्ने पदाधिकारी : नगर प्रमुख
प्रमुख
logo
छविलाल विनाडी
अधिकृत
पुरा हेर्नुहोस्


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain